पाखरदोभान कफी सहकारी संस्था लिमिटेड द्वारा कृषि सामग्री वितरण

काठमाडाैं | जेठ ३०, २०७९

पाखरदोभान कफी सहकारी संस्था लिमिटेड द्वारा कृषि सामग्री वितरण सांकेतिक तस्बिर

काठमाण्डौँ :        कृषकलाई आधुनिक कृषि प्रविधिसँग जोड्दै उत्पादनमा वृद्धि गर्ने ध्येयले पाखरदोभान कफी सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यलाई कृषि सामग्री वितरण गरेको छ । 

  

 कफी उत्पादनको पकेट क्षेत्ररुपमा परिचित रहेको उक्त सहकारीले  आइतबार विभिन्न किसिमका सामग्री हस्तान्तरण गरेको हो । किसानलाई ५० प्रतिशत अनुदानमा ३५ थान मिनिटिलर, सिँचाइका लागि सात थान पानीट्याङ्की, ५० थान ब्याट्री स्पेयर तथा १८० थान कैँची तथा करौती वितरण गरेको छ ।

 

सहकारीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, सिन्धुपाल्चोकको सहकार्यमा कृषि ज्ञान केन्द्र, काभ्रेको सहयोगमा उक्त सामग्री हस्तान्तरण गरिएको सहकारीका अध्यक्ष भूपेन्द्र भण्डारीले जानकारी दिनुभयो । 

    

सुनकोसी गाउँपालिकाका अध्यक्ष टपेन्द्र तिमल्सिनाले पालिकाले अबको बजेटमा कृषिलाई पहिलो प्राथमिकतामा दिने जानकारी दिनुभयो । उहाँले गाउँपालिकाको भूभागमा कफीको लागि निकै नै उत्कृष्ट हावापानी रहेको जनाउँदै कफीको उत्पादन बढाउने आफूहरुको योजना रहनेसमेत प्रतिबद्धता जनाउनुभयो ।

 

 जिल्लाको सुनकोसी गाउँपालिका कफी उत्पादनको हिसाबले अग्रस्थानमा रहेको स्थानीय तह हो । यस पालिकाको कफी प्रशोधन र ब्राण्डिङ गरेर सिन्धु अर्गानिक कफीको रुपमा जापान, दक्षिण कोरिया, अमेरीका तथा अष्ट्रेलिया निर्यात हुनेगरेको छ । सुनकोसी गाउँपालिकामा मात्रै ३०० रोपनी जग्गामा कफी खेती गरेर ४५० परिवार यसमै आश्रित भई आम्दानी गरिरहेका छन् ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्